Khabar Samachar

कमल थापा सूर्य चिन्हबाट चुनाव लडने

205
VIEWS

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट टिकट पाएका छन् । उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने गरी टिकट ल्याएका हुन् ।

थापाको टिकटबारे  जानकारी दिँदै एमाले नेता एवम वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले थापाले सूर्यबाट चुनाव लड्ने गरी टिकट ल्याएको आफुले जानकारी पाएको बताए ।

उनले भने ‘मैले पनि अध्यक्ष कमरेडसँग सम्पर्क गर्न पाएको छैन, तर उहाँ (थापा)ले सुर्यबाट चुनाव लड्ने गरी टिकट ल्याएको भन्ने जानकारी आएको छ ।’ टिकटबारे राप्रपा नेपालका केन्द्रीय महामन्त्री राजाराम बर्ताैलाले भने एमालेको समर्थनमा चुनाव उठने निश्चित भएको बताए । चिन्हबारे अझै आफु प्रष्ट नभएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित