Khabar Samachar

पहिलो दिनमै संसारभर धेरै आम्दानी गर्ने फिल्म बन्यो ‘आरआरआर’

200
VIEWS

दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्म प्रदर्शनमा आएसँगै फिल्मले हालसम्म बनेका विभिन्न रेडर्कहरुलाई तोडेको छ।

त्यस्तै, भारत बाहिरको प्रदर्शनबाट फिल्मले करोडौंको आम्दानी गरेको छ। भारतीय सञ्चारमाध्यमकाअनुसार फिल्मलअन्य देशको प्रदर्शनबाट ७८ करोड भारतीय रुपैयाँ (१ अर्ब २४ करोड नेपाली रुपैयाँभन्दा धेरै)को आम्दानी गरेको छ। त्यस्तै, भारतमा फिल्मको हिन्दी भर्जनले २५ करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ। भारतको कर्नाटक क्षेत्रमा १६.४८ करोड, तमिलनाडु क्षेत्रमा १२.७३ करोड र केरला क्षेत्रमा ४.३६ करोडको व्यापार फिल्मले गरेको छ।

तमिल, तेलगुसँगै हिन्दीलगायतका विभिन्न भाषामा प्रदर्शनमा आएको फिल्मले पहिलो दिनको प्रदर्शनबाट विश्वभरबाट २२७ करोड भारतीय रुपैयाँ (३ अर्ब ६३ करोेड ५९ लाख नेपाली रुपैयाँभन्दा धेरै)को आम्दानी गरेको छ। फिल्मले शुक्रबारको प्रदर्शनबाट भारतको आन्द्रप्रदेश र अन्य तमिल राज्यमा मात्रै १२० करोड भारतीय रुपैयाँ (१ अर्ब ९२ करोड २० लाख नेपाली रुपैयाँभन्दा धेरै)को व्यापार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित