बैतडीमा टिकट नपाएपछि नेपाली कांग्रेसका नेता हरिमोहन भण्डारी बागी उम्मेदवार बनेका छन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भण्डारीले प्रदेश सभा (१) मा उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभा क्षेत्र माओवादी केन्द्रको भागमा परेको बैतडीमा भण्डारीले अन्तिमसम्म प्रदेश सभा (१) मा दाबी गरिरहेका थिए।
तर नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जोडबलमा प्रदेश सभा (१) मा कांग्रेसका वीरबहादुर विष्टले टिकट पाएका छन्।
कांग्रेसका उनै विष्टविरुद्ध भण्डारीले बागी उम्मेदवारी दर्ता गराएका हुन्।
सत्तारुढ गठबन्धनमा संघीय निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिएर कांग्रेसले प्रदेश सभाका दुवै क्षेत्र आफूले राखेको छ। प्रदेश सभा (२) मा कांग्रेसका शिवराज भट्टले टिकट पाएका छन्।
































Discussion about this post