Khabar Samachar

शिवजट्टाको पानी धरान १५ मा लैजाने हर्क साम्पाङको योजनामा स्थानीयको अवरोध

203
VIEWS

 

धरानको शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरी खानेपानी लैजानका लागि निर्माण सामग्री लगेपछि वडा नम्बर ४ र १४ का उपभोक्ताले नारावाजी गर्दै विरोध जनाए।

शिवजट्टाको पानी उपभोग गर्दै आएका उपभोक्ता र मेयर साम्पाङका समर्थकबीच धरानमा मुठभेडको अवस्था अएको थियो।

उपभोक्तासँगै धरान वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि मेयरको योजनाको अवरोध गर्न पुगेका थिए। स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा तनाव भएपछि मेयर साम्पाङ आफैँ पुगेका थिए।

उनलाई पनि स्थानीयले घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए।

मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए।

यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए।स्थानीयको चर्को विरोध तथा दबाबपछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन्।

मेयर साम्पाङलाई आफूहरुले शिवजट्टाबाट नभै उपभोक्ताहरुको मुहान नभएको भालुखोला क्षेत्रबाट पानी लैजान आग्रह गर्दा नमानेपछि अवरोध गर्न आउनुपरेको वडा ४ का अध्यक्ष कुलुङले बताए।

उनले भने, ‘मेयर साबले जहाँबाट पानी लैजाने भन्नुभएको छ, त्यो क्षेत्रभन्दा मुनिबाट धेरै उपभोक्ताहरुले पानी लगेर खाइरहेका छन्। त्यसैले हामीले भालुखोलाबाट लैजानुस्, बरु हामी पनि सघाउन आउछौं भनेका थियौं, उहाँले नमानेपछि हामी यसरी आउनुपरेको हो।’

मेयर साम्पाङले आफू स्थलगत निरीक्षणमा जाँदा उपभोक्ताहरुले खोलाबाट पाइप हालेर पानी लगेको नदेखेपछि मात्र सेउतीको माथिल्लो क्षेत्र शिवधाराबाट पानी ल्याउने योजना शुरु गर्न लागेको बताए।

पानीको चरम अभाव भोगिरहेको धरानबासीलाई मेयरमा निवार्चित भएदेखि नै खानेपानी पर्याप्त पुर्याउन मेयर साम्पाङ जनश्रमदानबाट विभिन्न योजना अघि सारिरहेका छन्।

उनले पकुवा खोलाको पानी श्रमदानबाट ल्याएका छन् भने निशाने, सर्दु र खर्दुको पानी पनि स्वास्तिका चोकमा ल्याएर वितरण गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित