Khabar Samachar

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटल बन्द गर्ने हानको चेतावनी

206
VIEWS

होटल संघ नेपाल (हान)ले बैंकको साँवा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने चेतावनी दिएको छ।होटलहरुको छाता संगठन हानले तत्काल बैंकको साँवा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो। संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको साँवा ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको साँवा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए।  उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरुलाई दिएको बैंकको साँवा, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए।

उनले होटल व्यवसाय कोभिडको मारका कारण अतिप्रभावित उद्योगका रुपमा हेरेकाले सरकारले व्यवसायीका मागहरु सम्बोधन गर्नुपर्ने बताए। उपाध्यक्ष साहले विगतको भन्दा होटलहरु सामान्य सुधार भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए।

साहले अहिलेको परिस्थितिमा होटलहरुले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भएपनि कुनैपनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन असक्षम रहेको बताए। उनले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित