Khabar Samachar

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गाैतम विजयी

215
VIEWS

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् । गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन् ।

गौतमले १५२२९ मत पाएकी छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल ११४१४ मतका साथ तेस्रो स्थानमा रहँदा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन् । उनले ९४४८ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित