Khabar Samachar

तत्काल चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठक बोलाउन कांग्रेसका दर्जन केन्द्रीय सदस्यको माग

211
VIEWS

संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि भन्दै कांग्रेसका दर्जन केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गरेका छन । ललितपुरको एक होटलमा भएको छलफलमा केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिसरण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँलगायत सहभागी भएका थिए ।

संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्ने छलफलले निष्कर्ष निकालेको विश्वकर्माले बताए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षा समेत गरेको छैन । केन्द्रीय सदस्यहरुले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए ।

संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् ।  केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ । विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित