यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ ।
Discussion about this post