Khabar Samachar

Search
Close this search box.

रवि लामिछाने विजयी भएको चितवन–२ मा उपनिर्वाचन हुने

207
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि उपनिर्वाचन हुने निश्चित भएको हो ।चिनवन- २ बाट लामिछाने सर्वाधिक लोकप्रिय मतान्तरसहित विजयी भएका थिए । उनले ४९ हजार ३०० मतसहित विजय हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । रवि प्रेरित पार्टीले प्रतिनिधिसभामा २० सिट जितेको थियो भने सोही आधारमा पार्टी सरकारमा पुगेको थियो । सर्वोच्चबाट विपक्षमा फैसला आएसँगै रविमाथि गृहमन्त्री पद छाड्नुपर्ने दवाव परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित