Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरले गर्‍यो दुई सहकारी संस्थाको दर्ता खारेज

210
VIEWS

काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ ।

महानगरको सहकारी विभागका अनुसार काठमाडौं-५ चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
‘उक्त संस्थाले तिर्नुपर्ने दायित्त्व र उठाउनुपर्ने ऋण सहित बक्यौता केही भएमा तथा यी संस्थाहरूबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरूमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले यसै सूचनालाई आधार मानी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ’ महागरले शुक्रबार प्रकाशित सूचनामा भनेको छ, ‘अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने व्यहोरा जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित