Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित

203
VIEWS

प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ पारित भएको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए। त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।

सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।

लामो समयदेखि विवादित यो विधेयकमा हालै दलहरूबीच सहमति जुटेर संसदको कानुन न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित