Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न राजेन्द्र लिङदेनको माग

204
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भए पनि नसम्झिएको भन्दै आपत्ति जनाएका छन् ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका हुन् । आफूले मौका पाउने बित्तिकै अरूलाई बिर्सिन नहुने उनको भनाई थियो ।

लिङदेनले भने, ‘त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व गर्‍यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ । तर, हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा विद्रोही र सरकार पक्षमात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्षरूपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित