Skip to main content

Khabar Samachar

Search
Close this search box.

क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका पक्राउ

222
VIEWS

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेका छन् । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

‘मोटरसाइकलमा आएका दुईजनामध्ये एकजनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन् । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’, सुवेदीले भने ।पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी रामप्रसाद तिमल्सिनाले मोटरसाइकलमा आएका दुईजना व्यक्तिले क्याम्पसमा सुतली बम जस्तो देखिने विस्फोटक वस्तु पड्काएर भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरेको बताए ।

डीएसपी तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का प्लस टु पढिसकेका अभियान थापा र सोही क्याम्पसमा अध्ययनरत सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनामध्ये अभियान थापाले महेन्द्र बहुमुखी क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित