Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं १६ मा पराजित भएका पाठकले भने– प्रतिस्पर्धामा हार-जीत स्वभाविक

202
VIEWS

स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंका- १६ वडा अध्यक्षमा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले हार-जीत स्वभाविक भएको बताएका छन् । पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै पाठकले प्रतिस्पर्धामा उत्रिएपछि हार-जीत स्वभाविक भएको बताएका हुन् ।‘काठमाडौं महानगरपालिका वडा नम्बर १६ बासी तमाम मतदाताज्यूहरू, लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुनाव हो यस उपनिर्वाचनमा हामीलाई मत दिनुहुने २२१४ मतदाता एवं यस उप निर्वाचनमा अहोरात्र खटिनु हुने सम्पूर्ण पार्टी पंक्तिका साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु प्रतिस्पर्धामा उत्रेपछि हार वा जीत हुनु स्वभाविक हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र यो स्विकारनु पनि पर्दछ साथै वडा अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठज्यूलाई हार्दिक बधाई ।’

पराजित पाठक कांग्रेस १६ नम्बर वडाका पार्टी सभापति पनि हुन् ।

अघिल्लोपटक काठमाडौं १६ मा कांग्रेसका मुकुन्द रिजाल ४०१९ मत ल्याएर विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा रास्वपाकी रोजिना श्रेष्ठले २९०२ मत ल्याएर विजयी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित