Khabar Samachar

महिलाहरुले सूर्यलाई भोट दिनु उहाँहरूकै अपमान हो : नेपाली कांग्रेसका महामन्त्री गगन थापा

217
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिलाहरूको अपमान गर्ने काठमाडौं मेयरका उम्मेदवार केशव स्थापितलाई महिलाले मतदान नगर्न अनुरोध गरेका छन् ।

कांग्रेसको काठमाडौं महानगरका विभिन्न वडाका क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले महिलालाई ‘हेट’ गर्ने उम्मेदवारलाई मतदानबाटै जवाफ दिन आग्रह गरे ।

‘एउटा महिलाद्वेषी, महिलालाई अपमान गर्ने , हेट गर्ने पात्रलाई आज एउटा पार्टीले बोकेको छ । एमालेकै महिलाहरुले पनि काठमाडौं महानगरमा सूर्यलाई भोट दिनु उहाँहरूकै अपमान भइसकेको छ । त्यसैले महिलाको अपमान गर्नेलाई मतदान नगरौं’, थापाले भने ।

‘जवाफदेहिता नरहने हो भने आवधिक निर्वाचनको अर्थ के हुन्छ? त्यसैले एमालेले उत्तर दिनैपर्छ। काठमाडौं कति सफा भयो। काठमाडौं कति सहज भयो। काठमाडौंलाई केके बनाउँछु भनेको थियो, केके बनाइयो। उत्तर दिनैपर्छ,’ थापाले भने।

उनले सिर्जना सिंहले सानासाना काम गर्ने प्रतिबद्धता व्यक्त गरेको चर्चा गरे। ‘मैले अस्ति पनि भनेँ, म चन्द्रमामा पुर्याइदिन्छु, यहाँबाट यहाँ दौडाइदिन्छु, भन्ने जस्तो केही पनि देख्दैनौं। साधारण कुराहरु छन्। सामान्य कुराहरु छन्। त्यहीँ साधारण र सामान्य कुरा गर्ने मान्छे अहिले हामीलाई चाहिएको हो। यो मौका एकपटक हामीले पाएका छौं,’ उनले भने।

बिहीबार काठमाडौं महानगरका क्रियाशील सदस्यको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले ०७४ को निर्वाचनदेखि हालसम्मको पाँच वर्षको समय खेर गएको जिकिर गरे । ‘खेर गएको पाँच वर्षको जिम्मा कसले लिने हो? कसै न कसैले त लिनुपर्ला नि’ थापाले भने, ‘यसको जिम्मा कम्युनिस्ट पार्टीले लिनुपर्छ, त्यसमा पनि ओलीले जिम्मा लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित