Khabar Samachar

१६ हजार पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप

202
VIEWS

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १६ हजारभन्दा बढी पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । जिल्लामा हालसम्म १६ हजार बढी गाईभैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा ऋषभ गुरागाईँले बताए ।

“गाईभैँसीमा लम्पीस्किन रोग सङ्क्रमणदर बढ्दै जान थालेपछि यसको रोकथामका लागि जिल्लामा १६ हजार ७६३ पशुचौपायामा खोप लगाइएको हो,” उनले भने, “भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरद्वारा ६ हजार खोप, जिल्लाका विभिन्न स्थानीय तहबाट १० हजार १६८, किसान स्वयंले ५९५ गरी जम्मा जिल्लामा १६ हजार ७६३ पशुचौपायामा खोप दिइएको हो ।”भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच लाख बराबर र स्थानीय तहहरूले सोही मात्रामा औषधि खरिद गरी किसानलाई वितरण गरिएको उनले बताए । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पीस्किन रोगविरुद्धको खोप वितरण गरेको छ ।

सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँले समेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएका छन् ।जिल्लामा लम्पीस्किन रोगबाट ५२१ पशुचौपाया मरेका छन् भने ६ हजार ९५२ गाईभैँसी यस रोगबाट सङ्क्रमित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको तथ्याङ्कमा देखिएको छ ।

यस रोगको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि कार्यालयले जिल्लामा हुने गाईभैँसीको आयात–निर्यातलाई नियमन तथा दर्तावाल पशु चिकित्सकले स्वास्थ्य परीक्षण प्रमाणीकरण गरेका पशुको मात्र आयात निर्यातको अनुमति कार्यालयले दिने गरेको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित