Khabar Samachar

Search
Close this search box.

लोक गायक कमल बिके निर्मोहीको निधन

211
VIEWS

लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो।

गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन्।

वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन्। आफूले कमलसँग गाएकामध्ये ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले’ निकै लोकप्रिय बनेको समेत कोमलले स्मरण गरेकी छन्।

दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए।

उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। जसमध्ये ‘लाग्यो माया मोहनी नजरमा’, ‘पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन्। केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन्।

निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन्। करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको थियो। निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित