Khabar Samachar

दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन

205
VIEWS

काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।सोमबार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् ।

लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि बिरोध गरेका छन् ।

दबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारी ६० प्रतिशतले गिरावट आएकाले बिरोध गर्न बाध्य भएको बताए ।

उनले दरबारमार्गका व्यवसायीहरुले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिएपनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धरासाही बनेको बताए। उनले दबारमार्गको एकतर्फि पार्किङ कायम गर्नुपर्ने बताए । उनले महानगरले
पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने बताए ।

व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको बताए । उनले महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाए ।

महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत व्यवसायीरुले महानगरसँग वार्ता गर्ने भनेपनि महानगरले बेवास्ता गरेको उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित