Khabar Samachar

गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

204
VIEWS

सरकार बिलासी मानिएका वस्तुहरुको आयात प्रतिबन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निर्णय गरेको छ ।

बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल बन्दै गएको अवस्थालाई ध्यानमा राखेर सरकारले विभिन्न वस्तुको आयातमा लगाएको तगारो हटाएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो । उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा भएको बताए ।

आयात प्रतिबन्ध लगाएका बस्तुहरू खुलाउनको लागि मुख्यसचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो । सो समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिस गरेको थियो । त्यही अध्ययनको सिफारिस अनुसार सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

नेपालमा अहिले १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ विदेशी मुद्रा संचिती रहको छ । यो रकम करिब ८ महिनाका लागि मात्रै बस्तु आयात गर्ने पुग्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको थियो ।
अब सबै खाले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित