Khabar Samachar

Search
Close this search box.

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

203
VIEWS

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।

आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए। मतदानमा ५२ जना सांसद सहभागी भएका थिए। त्यसमध्ये शाहले ४१ मत पाए। उनको विपक्षमा ११ मत पर्‍यो।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७,  नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपा र स्वतन्त्र १/१ सांसद छन्। शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।

प्रदेश सभामा एमालेका १० सांसद छन्। शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत दिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित