Khabar Samachar

नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा चालक दलका सदस्य सबै महिला

210
VIEWS

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज बुधबार सबैजना महिला चालक दलका सदस्यले उडाएका छन्।

युएईबाट काठमाडौँका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।

नाइन एन एकेएक्स जहाजको कमान्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा सृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति रहेका छन्। यसअघि दुबई काठमाडौँका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । त सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्ट्रिय उडान भरेको भने यो पहिलो पटक हो ।

दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो।

पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित