Khabar Samachar

वैदेशिक रोजगारीमा रहेका नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा जोडिँदै

213
VIEWS

वैदेशिक रोजगारमा गएका नेपालीहरू पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिन थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख अतिथ्यतामा बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाई कोषमा समेट्न सुरू गरिएको हो।

पहिलो पटक इजरायलमा कार्यरत मन्जु थपलिया कोषमा आवद्ध भएर योजना कार्यान्वयनमा आएको हो।

गत पुस ५ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका नेपालीहरूलाई वैशाख १ गतेदेखि कोषमा समेट्ने भन्दै कार्यविधि सार्वजनिक गरेका थिए।

तर आजैदेखि वैदेशिक रोजगारीमा रहेकाहरूले कोषमा योगदान सुरू गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्यक्रम सुरू गर्न पाउँदा आफू निकै हर्षित भएको बताए। यो कार्यक्रम कार्यान्वयनमा थप सहजीकरण गर्न आफू तत्पर रहेको उनले प्रतिबद्धता व्यक्त गरे।

‘हाम्रा जनशक्तिको श्रम देशभित्रै लगाउन सरकार प्रयासरत छ। विदेशमा रहेका नेपालीले पनि मुलुकको विकासमा ठूलो योगदान पुर्‍याएका छन्’ उनले भने।

रोजगारीका लागि विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न सरकारले काम गर्ने उनले बताए।

सरकारले वैशाख १ गतेदेखि अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा समेट्न सुरू गर्ने हुँदा सामाजिक सुरक्षा कार्यक्रमको दायरा थप फराकिलो हुने उनले बताए। कोषमा जम्मा भएको श्रमिकको योगदान रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता उनले जनाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित