Khabar Samachar

महासंघमा वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट रामचन्द्र आउट, उमेश र अन्जनबीच आजै चुनाव हुने

203
VIEWS

उद्योग वाणिज्य महासङ्घको चुनाव दोस्रो चरणमा धकेलिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याउँदा दोस्रो चरणको मतदान हुने भएको हो ।

महासङ्घको निर्वाचन समितिका अनुसार दोस्रो चरणको चुनावमा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः भिडन्त हुने भएको हो । अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् ।

तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघई पहिलो चरणबाटै बाहिरिएका हुन् । महासङ्घको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो ।

२०२२ सालमा स्थापना भएको महासङ्घको अहिलेसम्मको इतिहासमा दोस्रो चरणमा कहिल्यै मतदान भएको छैन । महासङ्घको निर्वचनले दिएको जानकारीअनुसार अन्जान श्रेष्ठले कुल ३७.९९ प्रतिशत मतभार पाएका छन् । यस्तै उमेशलाल श्रेष्ठले कुल ३१.५१ मतभार र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएका छन् ।

कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकोले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान आज हुने छ ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित