Skip to main content

Khabar Samachar

Search
Close this search box.

सोना सिमेन्टले तिरेन ७५ करोड वक्यौता, नेपाल विद्युत् प्राधिकरणले काट्यो बिजुली

228
VIEWS

नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल्स एन्ड वाइल प्रालिको बिजुली काटिदिएको छ।

प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली शुक्रबारदेखि काटिदिएको हो।

सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गरिरहेको छ। प्राधिकरणको नेपालगञ्ज शाखाले दाङस्थित सिमेन्ट उद्योगको बिजुली काटिदिएको हो।

प्राधिकरणलाई तिुनपर्ने ७४ करोड ५९ लाख रुपैयाँ तिर्न अटेर गरेपछि लाइन काटिएको नेपालगञ्ज शाखा प्रमुख हरि पाण्डेले  बताएका छन्।

प्राधिकरणका अनुसार यो सिमेन्ट उद्योगले डेटिकेटेड लाइनतर्फको ३२ करोड ९४ लाख रुपैयाँ र त्यसपछिको ४१ करोड ६६ लाख  रुपैयाँ सोनापुर सिमेन्ट प्रालिले तिर्न बाँकी थियो।

तर पटक पटक ताकेता गर्दा पनि उक्त उद्योगले अटेरी गरेपछि विद्युत् काट्नु परेको पाण्डेले बताए। विद्युत् आपूर्ति रोकिएसँगै उक्त कम्पनीको सिमेन्ट उत्पादन पनि रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित