Khabar Samachar

Search
Close this search box.

विनोदले निरुबाट लुटेको सिक्री बेचेर मोबाइल किने, चक्कु मनोहरामा फ्याँके

216
VIEWS

कपनको सरस्वतीनगरस्थित भाँडा पसले निरु भन्ने नीरा पाण्डेको हत्यामा प्रयोग गरिएको चक्कु मनोहरा खोलामा फ्याकेको बयान विनोद विकले दिएका छन्। झापाको धुलाबारी-१० घर भएका उनी वैशाख ७ गते दिउँसो निरुको ज्यान लिएपछि वैशाख १४ गतेसम्म काठमाडौंमै थिए। तत्कालै भागेर भारततिर जान खोज्दा नाकामा समात्न सक्ने भएकाले आफू एक सातासम्म काठमाडौंमै बसेको बयान विकले प्रहरीलाई दिएका छन्। निरुबाट लुटिएको करिब ९९ हजारको सिक्री वैशाख १३ तारकेश्वरको पाथीभर ज्वेलर्समा बेचेपछि मात्रै उनी वैशाख १४ मा झापातिर लागेका थिए। उनी झापा पुगेपछि विर्तामोडस्थित इलाम बसपार्कमा रहेको एक होटलमा बसेका थिए। तर प्रहरीले उनलाई त्यहीँबाट शनिबार राति १० बजे पक्राउ गरेको छ।’प्रहरीले तत्काल नाकामा पक्रेला भनेर पछि गएको हुँ’, उनले बयानमा भनेका छन्, ‘काठमाडौंमै बस्दा प्रहरी नाकामा निष्क्रिय भएपछि उता जाने योजना थियो।’ठमेलस्थित बाउन्सरको जागिर पनि गएपछि उनी बेरोजगार थिए। त्यहीकारण उनी वैशाख सुरुदेखि नै भक्तपुरको लोकन्थलीस्थित साथीको कोठामा बसिरहेका थिए। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनले आर्थिक अभाव भएपछि चलाउँदै गरेको मोबाइल फोन पनि बेचेका थिए। तर निरुबाट लुटेको करिब एक तोलाको सिक्री ५५ हजारमा बेचेर उनले १० हजारको नयाँ मोबाइल फोन किनेका थिए।

प्रहरीका अनुसार निरुको हत्याका क्रममा रगत लागेको सर्ट लोकन्थलीस्थित साथीको घरमा भेटिएको छ। उता हत्यामा प्रयोग गरिएको चक्कु भने उनले मनोहरा खोलामा लगेर फालेको बयान प्रहरीलाई दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित