Khabar Samachar

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

209
VIEWS

पञ्चकन्याग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(के.आई.ओ.सि.एच.) बीचझापाको दमक वडा नं.७माबन्दै गरेको बालअस्पतालमा ६० लाखमूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार वर्ग फिट क्षेत्रफलमाआस्पतालका कोठा तथाभौतिकसंरचनाहरु निर्माण गर्ने सहमतिभई एक सम्झौता–पत्रमा हस्ताक्षर गरियो ।हालै दिवगंतहुनु भएकीपञ्चकन्या ग्रुपकाअध्यक्षश्री प्रेमबहादुर श्रेष्ठज्यूको धर्मपत्नीनिलकुमारी श्रेष्ठज्यूको स्मृतितथापञ्चकन्या ग्रुपले आफ्नो औद्योगिकयात्रा ५०औं वर्ष पूरा गरेको अवसरमाउक्त अस्पताललाईसामाजिकउत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । उक्तकार्यव्रmममापञ्चकन्या ग्रुपबाट उपाध्यक्षश्री ध्रुबकुमार श्रेष्ठ, प्रबन्धनिर्देशकश्री प्रदीपकुमार श्रेष्ठलेबाल स्वास्थ्य जस्तो पवित्रकार्यमाहातेमालो गर्नपाउनु दुवै संस्थाको लागिगौरवको विषयभएको र यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्यहुने र यो जति राम्रो मानव सेवाकुनै नहुने विचार व्यक्तगर्नु भयो । के.आई.ओ.सि.एच.का डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्नबाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बताउनु भयो । पञ्चकन्या ग्रुपले १महिनाभित्रएलजिएसका संरचनानिर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ ।साथै सम्झौता–पत्रहस्ताक्षरकार्यव्रmममादुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित