Khabar Samachar

गठबन्धनलाई मिलाएर लैजाने जिम्मेवारी हाम्रो हो : सभापति शेरबहादुर देउवा

204
VIEWS

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजान सबै नेता जिम्मेवार हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै सभापति देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई मिलाएर लैजानु नै कांग्रेसको पहिलो जिम्मेवारी भएको बताए ।

उनले भने, कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ ।’

गठबन्धनबिच चुनावी तालमेल हुने निर्णय भइसकेको स्मरण गराउँदै देउवाले निर्णय कार्यान्वयन गरेर लैजान सहजीकरण गर्नुपर्ने बताए ।

बैठकमा कार्यसम्पादन समितिका सदस्यले गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिलाई महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पार्टीको शक्तिअनुसार दाबी राख्न सुझाएका थिए ।

सो विषयमा भोलि पनि छलफल हुने कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्यक्षले बताइन् ।

यस्तै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउँदले जिल्ला-जिल्लामा तालमेल र उम्मेदवारीमा के कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित