Khabar Samachar

Search
Close this search box.

मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द

218
VIEWS

मेलम्ची खानेपानी आयोजनले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।

बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले सेतोपाटीलाई जानकारी दिए।

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना (हेडवर्क्स) तहसनहस बनाएको थियो। सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ।

बाढी लगत्तै परियोजनाले चैत मसान्तमा काठमाडौंमा पानी पठाएको थियो भनेर यस वर्ष मंसिरदेखि नै पानी आइरहेको छ।

‘अहिले पानी ल्याइरहेको प्रणालीभित्र ठुल्ठूला ढुंगा नपसोस् भनेर हामीले केही उपकरण राख्न लागेका हौं,’ पन्तले भने, ‘यो उपकरण राखेपछि हामी वर्षायाममा पनि पानी पथान्तरण गर्न सक्छौं।’

मेलम्ची खानेपानीको दातृ निकाय एशियाली विकास बैंकले हेडवर्क्स सार्न सुझाव दिइरहेको छ।

बाँध क्षेत्रको ठीक माथि पर्ने दोरिङको पहाडै पहिरोको जोखिममा रहेकाले उसले बाँध क्षेत्र त्यहाँ नबनाउन प्रारम्भिक रूपमा सुझाव दिएको परियोजनाले बताएको छ।

हेडवर्क्सबारे एशियाली विकास र परियोजनाले पनि अध्ययन गरिरहेकाले चालु अवस्थामा रहेको प्रणालीलाई नै व्यवस्थित गर्न लागिएको परियोजनाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित