Khabar Samachar

कांग्रेस महासमिति सदस्य गुरुङ साढे ९ कराेड ठगी प्रकरणमा पक्राउ

234
VIEWS

प्रहरीले नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई करिब साढे ९ करोड रुपैयाँ ठगी गरेकाे भन्दै पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुली गोलन्जोर गाँउपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई ठगी आरोपमा पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरिएको जनाएको छ ।

प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनले सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउ बहादुर गुरुङबाट २०७४ सालमा तीस लाख लिएको र सरिता गुरुङलाई आफूसँग गाडी भएको र सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख रकम तिर्नुपर्ने र त्यसपछि गाडी आफूले पाउने भन्दै छलेर रकम लिई फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमाकाठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित