Khabar Samachar

Search
Close this search box.

संसदमा बास्कोटाको प्रश्न : काभ्रेका यानप्रसाद गौतम र राजु भुजेल सहिद कि गद्दार ?

203
VIEWS

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले सहिदको सूची कुन आधारमा निकालेको भन्दै प्रश्न गरेका छन्।नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले आफ्नो जिल्लाका यानप्रसाद गौतम र राजु भुजेलबारे संसदबाट प्रश्न गरेका छन्।

उनले भने,‘सरकारले झण्डै ६/७ हजार मान्छेलाई सहिदको सूची निकाल्यो। मेरो जिल्लाका पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्धार हो? राजु भूजेल सहिद हो कि गद्दार हो?’ संसदको शून्य समयमा बोल्दै बास्कोटाले भने, ‘यसको जवाफ चाहियो। न राज्य जिम्मा लिन्छ न तत्कालिन विद्रोही। यो कसरी निकालियो यो प्रश्न छ।’

उनले पहिला विद्रोहीले धराप थाप्ने भएको भएपनि अहिले सरकारले धराप थापेको पनि बताए।

‘पहिला पहिला विद्रोहीले धराप थाप्थ्यो, अहिले सरकारले थाप्यो। २ सय ५१ जना मान्छेलाई घाइते बनायो धुलिखेलदेखि दिनहुँ। यसको प्रबन्ध गरोस्, या त काम गराओस्,’ बास्कोटाले भने।

यस्तै, हिजो पाँचखालमा परेको पानीले सयौँ रोपनीमा लगाएको बाली नष्ट गरेको भन्दै बाली बिमा र तटबन्धको निर्माण गर्न माग गरे।‘हिजो पाँचखाल नगरपालिकामा परेको पानीले सयौं बिगा रोपनीमा लगाएको किसानको अन्नबाली नष्ट भएको छ। दशौं करोडको क्षति भएको छ। बाली बीमा गरियोस् वा तटबन्धको प्रबन्ध गरियोस्,’ सांसद बास्कोटाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित