Khabar Samachar

सांसदहरूको लागि विद्युतीय हाजिरीको तयारी

218
VIEWS

संसद सचिवालयले सांसदहरूको लागि विद्युतीय हाजिरीको तयारी गरेको छ।

सचिवालयले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूको बायोमेट्रिक लिन सुरू गरेको छ।

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बायोमेट्रिक दिएर यो कामको सुरूआत गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए।

‘आजदेखि विद्युतीय हाजिरीको तयारी सुरू भएको छ। अब छिट्टै लागु हुन्छ,’ उनले भने।

संसदमा विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्ने मागउठ्दै आएको थियो। सांसदहरूको हाजिरीसमेत संसद सचिवालयले सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ। राजनीतिक दलका प्रभावशाली नेताहरूको संसदमा न्यून उपस्थिति हुने र उनीहरूकै दबाबले गर्दा सचिवालयले हाजिरी सार्वजनिक गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित