Khabar Samachar

Search
Close this search box.

इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

204
VIEWS

सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको छ । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै कोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ ।

ठगी आरोपमा हिरासतमा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सो मलमा ५० प्रतिशत सेयर रहेको छ । कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन् । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।

कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा समेत ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि

सिभिल स्टेट्सले कोषबाट ऋण लिन सुनधारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा सटरहरू नै धितो राखिएको थियो ।

कोषले गत मङ्सिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न मललाई ताकेता गरेको थियो ।

मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया रहेका छन् भने कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रूपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रवीण प्रसाद प्रधान र सुमन नन्दन वैद्य बसेका छन् ।

ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष रहेका तामाङलाई गत असोज १८ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको थियो।

उनी साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका थिए। पूर्वसांसद समेत रहेका तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ मा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतमा थुनछेकको बहसपछि यस्तो आदेश भएको थियो। करिब एक सातासम्म भएको बहस र प्रतिवादीसँग बयानपछि अदालतले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको अदालतले पक्राउ परेका १२ सहित ४२ जनालाई थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने निर्णय दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित