Khabar Samachar

नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित भवन नक्सा पास बिना निर्माण

213
VIEWS

काठमाडौं महानगरपालिका भित्र नक्सा पास बिना नै ठुला सरकारी भवन निर्माण भएपछि महानगरपालिकाले सचेत गराएको छ ।

बिहीबार महानगरपालिकाको शहरी विकास विभागका प्रमुख सुरज शाक्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित भवन, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बनाएको भवनको नक्सा महानगरमा नरहेको भन्दै नक्सा पास भए, नभएको विवरण पेश गर्न सूचना जारी गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको काठमाडौं ११ थापाथली र काठमाडौं ४ बालुवाटारको नयाँ भवनको नक्सा पास भए, नभएको विवरण माग गरेको हो ।

यस्तै महानगरपालिकाले ११ नम्बरको सुन्धारामा नेपाल टेलिकमले बनाएको भवनको नक्साको अवस्था सोधेको छ ।

यस्तै थापाथली मै रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनको नक्सा महानगरमा नरहेको भन्दै पेश गर्न भनेको हो ।

मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलो पटक २३ भदौ २०७९ मा ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो ।

यसबाट करिब ७ हजार निवेदन दर्ता भए । तीमध्ये १ हजार ७ सय बढी नक्सा स्वीकृत भइसकेको महानगरले जनाएको छ ।

यसरी दिइएको समयमा नियमित प्रक्रियामा आउन नसक्नेहरुका लागि ३ जेठ २०८० मा ३५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरिएको छ । यसबाट सरकारी, गैरसरकारी, वित्तीय संस्था लगायत सबैलाई नक्सा स्वीकृतिका लागि आग्रह गर्दा पनि सरकारी कार्यालयकै ठुला भवनहरु नक्सा पासको प्रक्रियामा नआएको भन्दै सचेत गराएको हो ।

महानगरपालिका अनुसार सूचनाको वेवास्ता गरेर नक्सा विपरीतका भवन सञ्चालकहरु अटेर भइ बसेमा महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन सम्बन्धी मापदण्ड, भवन संहिता, कार्यविधि र महानगरको निर्णय बमोजिम कारवाही गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित