Khabar Samachar

प्याजको मूल्य वृद्धि गरे कारबाही गर्ने चेतावनी

201
VIEWS

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिए कारबाही गर्ने बताएको छ । एक सूचना निकालेर विभागले कारबाही गर्ने बताएको हो ।

सरकारले बजेट मार्फत प्याजमा भ्याट लगाएपछि धेरैमा ६० रुपैयाँ रहेको प्याज प्रतिकेजी १ सयभन्दा धेरै मूल्य पुगेको छ । तर, सरकारी निकाय भने कारबाही गर्ने भनेर सूचना निकाले बसेको छ ।

‘बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि भएको भनी विभागमा आएका गुनासोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।

बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन÷अनुगमन गरिरहेको छ ।

स्वाभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध हो ।

अनुगमनको क्रममा कानूनले तोकिदिएको दायित्व पुरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कार्यवाही हुने छ, विभागले लेखेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित