Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्याजको मूल्य वृद्धि गरे कारबाही गर्ने चेतावनी

202
VIEWS

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिए कारबाही गर्ने बताएको छ । एक सूचना निकालेर विभागले कारबाही गर्ने बताएको हो ।

सरकारले बजेट मार्फत प्याजमा भ्याट लगाएपछि धेरैमा ६० रुपैयाँ रहेको प्याज प्रतिकेजी १ सयभन्दा धेरै मूल्य पुगेको छ । तर, सरकारी निकाय भने कारबाही गर्ने भनेर सूचना निकाले बसेको छ ।

‘बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि भएको भनी विभागमा आएका गुनासोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।

बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन÷अनुगमन गरिरहेको छ ।

स्वाभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध हो ।

अनुगमनको क्रममा कानूनले तोकिदिएको दायित्व पुरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कार्यवाही हुने छ, विभागले लेखेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित