Khabar Samachar

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

201
VIEWS

बझाङमा दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।

बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार मंगलबार साँझ ५:३३ मा मन्त्री सि‌ंहको निधन भएको हो।

‘५:३३ मा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा चिकित्सकले मन्त्रीजीलाई मृत घोषणा गरेका हुन्,’ एसपी राठौरले भने।

यसअघि उनकी पत्नी अमृता र भाउजू जयादेवीको मृत्यु भएको थियो। उनीहरूको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो।

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा घाइते मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ।

मन्त्रीसहित उनीहरूलाई हेलिकप्टरमार्फत कोहलपुर पुर्‍याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित