Khabar Samachar

सशस्त्र प्रहरीको निमित्त प्रमुखमा पुष्पराम केसी

210
VIEWS

सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । सोमबार महानिरीक्षक शैलेन्द्र खनाल महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर संगठनबाट बिदा भएका छन् । खनालले वरियतामा अगाडी रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई निमित्तको जिम्मेवारी सुम्पेर बिदा भएका हुन् ।

खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् ।

नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका पुष्पराम केसी वरियतामा अगाडी छन् । पौडेल वरियताको दुई नम्बरमा छन् ।

सरकारले सशस्त्रको प्रमुख नियुक्त गरेको छैन । मंगलबार मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी प्रमुख नियुक्त गर्ने प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकृतले बताए । शैलेन्द्र खनालकै ब्याचका केसी र पौडेलमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित