Khabar Samachar

Search
Close this search box.

सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत हस्ताक्षर

203
VIEWS

सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन्।

समितिका सभापति सूर्य थापासहित सबै सदस्यको हस्ताक्षरसहितको प्रतिवेदन प्रतिनिधि सभामा  सोमबार नै पेस गर्ने तयारी गरेका छन्।

सभापति थापाका अनुसार समितिले तीन महिनामा ६६ वटा बैठक गरेको छ।

सहकारीका बचत फिर्ता नपाएका पक्ष, सहकारी रकम अपचलनमा संलग्नको आरोपितहरू, सरोकारवालाहरू, सहकारी विभागलगायत विज्ञहरूसँग पनि समितिले छलफल गरेको थियो।

समितिले दुई सय पृष्ठभन्दा  लामो प्रतिवेदन तयार पारेर सर्वसम्मतिले प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको हो।

प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो। समितिलाई तीन महिनाको समयावधि दिएकामा १५ दिन थप गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित