Khabar Samachar

ठूला करदाता कार्यालय र गैर कृषि उद्योग तथा प्रतिष्ठानमा आवद्ध व्यावसायीहरु बीच छलफल

204
VIEWS

ठूला करदाता कार्यालय, ललितपुर र गैर कृषि उद्योग तथा प्रतिष्ठानमा आवद्ध व्यावसायीहरु बीच आज मिति द्दण्ठड चैत्र २ड गते छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । छलफल तथा अन्तकृयामा आर्थिक ऐन, द्दण्ठड ले प्रदान गरेका छुट तथा सुविधाहरुको उपयोग तथा कार्यान्वय तथा द्दण्ठड चैत्र मसान्त भित्र दोस्रो किस्ता वापत दाखिला गर्नुपर्ने ठण् प्रतिशत आयकर वापतको रकम दाखिला गर्ने विषयमा केन्द्रित थियो । व्यावसायीहरुको तर्फबाट कर प्रणाली सुधारमा अवलम्बन गर्नु पर्ने उपायहरु, उद्योग व्यवसायीलाई कार्यालयको तर्फबाट गर्नुपर्ने सहजीकरण तथा स्वदेशी लगानीकर्ता तथा उद्यमी व्यवसायीहरुको संरक्षण गर्नुपर्ने विषयमा धारणा राखिएको थियो । कार्यालयको तर्फबाट प्रमुख कर प्रशासक शिवलाल तिवारीले उद्यमीरव्यवसायीहरुको जिज्ञासा सम्बोधन गर्नुहुदै प्राप्त सुझावलाई सेवाप्रवाहमा थप सरलीकरण तथा गुणास्तरमा बृद्धि गर्ने तथा अन्य नीतिगत सम्बोधन गर्नुपर्ने बिषयमा कार्यालय मार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले करदाताहरुलाई नियमित रुपमा कर दाखिला गर्न, द्दण्ठड चैत्रमसान्तभित्र यस वर्षको दोस्रो किस्ता वापतको ठण् प्रतिशत आयकर समयमै दाखिला गर्न तथा आर्थिक ऐन, 2078 ले प्रदान गरेको छुट तथा सुविधाहरु समयमै उपयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा विभिन्न उद्योगी, व्यवसायी तथा कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित