प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ।
बिहान ११ बजे बस्ने बैठमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ।
यसअघि सत्ता गठबन्धनमै रहेका दलहरूले बजेट संसोधन गर्नुपर्ने माग राख्दै आएकोमा सरकारले संसोधान विना नै बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो।
गठबन्धनका घटकहरू जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले संसोधनविना बजेट पास नहुने बताइसकेका छन्।
बजेट पारितको प्रस्ताव पेस हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
त्यसपछि खर्चकटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै बजेट पारितको प्रस्ताव पेस गर्ने कार्यसूची छ।
Discussion about this post