ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।
यस प्रकरणमा हिजो पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारजनालाई सरकारी वकिलको कार्यालय लगिएको थियो ।
गुरुङ, सुधीरकुमार शाह, र धर्मप्रसाद गौतम बिरामी भएपछि हिजोदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उनीहरूलाई अस्पतालबाट सीआईबी कार्यालय ल्याएर म्याद थपका लागि लगिएको थियो ।
Discussion about this post