Khabar Samachar

Search
Close this search box.

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पर्यटन मन्त्रीको दोस्रो स्पष्टीकरण

208
VIEWS

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दोस्रो स्पष्टीकरण सोधेका छन् ।

पहिलो स्पष्टीकरणको जवाफ अधिकारीले नदिएपछि ‘के कति कारणले जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण मन्त्री किरातीले सोधेका छन् ।

पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको हो । तीन दिनको समय राखेर स्पष्टीकरण सोधिएको छ ।

यसअघि गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ महानिर्देशक अधिकारीले दिएका थिएनन् ।

उनले आफूलाई मन्त्रीपरिषद्ले नियुक्ति दिएको भन्दै स्पष्टीकरण नदिने अडान राखेका थिए । अब तीन दिन भित्र पनि जवाफ नआएमा भने कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित