Khabar Samachar

साइकल यात्रुलाई मुक्का हानेर सडकमा घिसार्ने आयुष भेटवाल पक्राउ

291
VIEWS

विराटनगर महानगरपालिका ४ स्थित दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का हानेर सडकमा लडाएपछि घिसार्दै गरेको भडियोमा देखिएका व्यक्ति पक्राउ परेका छन् । साइकल यात्रीलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले उनको खोजी तीव्र बनाएको थियो ।

प्रहरीले दिएको जानकारीअनुसार असार १९ गते राति कोसी राजमार्गमा निजी गाडीबाट ओर्लिएर विराटनगर ४ का १९ वर्षीया आयुष भेटवालले साइकल यात्रुलाई मुक्का हानेर ढलाएका थिए । त्यसपछि बेहोस भएका साइकल यात्री विराटनगर–६ बस्ने पवन साहलाई अमानवीय ढंगले सडकमा घिसारेर पल्लो छेउ पुर्याएका थिए । भेटवालले साइकल यात्रीलाई बेहोस अवस्थामै अमानवीय ढंगले घिसारेको भिडियो भाइरल बनेको छ ।

विराटनगर–४ खारजी बस्ने भेटवाललाई घटना भएको १० घण्टापछि पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले जानकारी दिए ।

पीडित साहले आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको बताए ।

“म आफ्नै सुरमा साइकलमा फर्कँदै थिएँ, नजिकै दौडिएर आई एक्कासी मुक्का प्रहार भएपछि म बेहोस भएर सडकमा पछारिएँ,” साहले भने, “अनाहकमा ज्यान मार्ने गरी आक्रमण भयो । मेरो उनीसँग कुनै दुश्मनी पनि थिएन । मलाई ज्यान मार्न खोज्नेलाई ज्यान मुद्दामा कारबाही हुनुपर्छ ।”

बा१५च ३४४५ नम्बरको कारमा सवार भेटवालले साहमाथि आक्रमण गरेको र उनका मतियारहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित