Skip to main content

Khabar Samachar

Search
Close this search box.

साउनमा ब्याजदर घट्ने, बैंकहरू आफैले ब्याजदर तोक्ने

211
VIEWS

वाणिज्य बैंकको ब्याजदरमा हुँदै आएको भद्र सहमति आगामी साउनदेखि तोडिने भएको छ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्यजदर बढाउन र घटाउन पाउने निर्णय गरेको हो ।

हाल बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका छन् । बैकहरूमा तरलता सहज भएकाले अब ब्याजदरमा एकरूपता आवश्यक नरहेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले अन्तर बैंक कारोबार गर्न छोडेर त्यसको ब्याजदर पनि घट्दै गएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८२ प्रतशतभन्दा तल झरेको छ । यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसले पनि बैंकमा तरलता सहज हुँदै गएको देखिन्छ । आगामी दिनमा बैंकहरूको ब्याजदर घट्दै जाने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित