Khabar Samachar

सनराइज र लक्ष्मी बैंकको एकीकृत कारोबार सुरु

207
VIEWS

लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट (असार २९ गते) एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते दुवै बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए ।

दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशत स्वापमा मर्ज हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । नेपालमा कुनै समय ३२ वटा सम्म पुगेको वाणिज्य बैंकको संख्या घटेर अहिले २० मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित