Skip to main content

Khabar Samachar

Search
Close this search box.

ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय

215
VIEWS

विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसियन नेपालले साउन देखि लागु हुने गरि ब्याजदर घटाउने निर्णय गरेको छ । एसोसियनको आज शुक्रबार बसेको बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

एसोसियनका अध्यक्ष सुयोग श्रेष्ठका अनुसार साउन १ देखि लागहुने गरि राष्ट्रिय स्तरका विकास बैंकले निक्षेपको ब्याजदर १०.१ प्रतिशत कायम गर्ने सहमति भएको छ । यस अघि निक्षेपको ब्याजदर १०.६ प्रतिशत ब्याजदर रहेकोमा साउन १ गतेदेखि सो ब्याजदर घटाएर १०.१ प्रतिशत कायम गर्ने सहमति भएको हो । क्षेत्रिय स्तरका विकास बैंकले भने निक्षेपको ब्याज १०.३५ प्रतिशतसम्म कायम गर्न सक्ने छन् ।

फाइनान्स कम्पनीहरुको सस्था नेपाल वित्तीय संस्था संघले ब्याज दर बारे निर्णय गर्न शनिवार बैठक डाकेका छन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले ब्याजदर घटाउने तर कति घटाउने भन्ने बारे शनिवारको बैठकले निर्णय गर्ने बताए।

यस अघि बिहिबार बैंकर्स संघको बैठकले ब्याजदर बारे बैंकहरु आफुले नै तोक्न सक्ने गरि निर्णय गरिसकेको छ । बैंकर्स संघले नै ब्याज तोक्ने गरेकोमा अब बैंकहरु आफुले नै तोक्ने गरि निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित