Khabar Samachar

सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आउन १५ दिन लाग्ने

211
VIEWS

अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणको न्यायिक छानबिनका लागी चौतर्फी दबाब बढेको छ । तर, प्रहरी चाहिँ ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको छ । प्रहरी अधिकृतहरूका अनुसार मोबाइल परीक्षण रिपोर्ट आउन अझै केही दिन लाग्छ । असार २१ गते घरमा झुण्डिएको अवस्थामा फेला परेका सारुकको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।

ल्याबका एक अधिकृतका अनुसार, देशभरिको प्रहरी कार्यालयबाट डिजिटल जाँचका लागि प्राप्त हुने विवरण प्रहरी प्रधान कार्यालयको डीएफएलबाटै परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट तयार गर्न समय लाग्छ । रिपोर्ट दिएपछि पनि डीएफएल जाँचमा संलग्न अधिकृतले पछि अदालतमा बकपत्र समेत दिनुपर्ने भएकाले रिपोर्ट आउन समय लाग्ने उनले बताए ।

उनका अनुसार, सामान्यतयाः डीएफएल चाँजको नतिजा आउन अढाइ महिनासम्म लाग्ने गरेको छ । तर, राष्ट्रिय महत्व र चर्चामा रहेकाहरु शंकास्पद घटनाहरुमा प्रहरीले प्राथमिकता दिएर पहिले छानबिन गर्ने गरेको उनले बताए ।

‘त्यसरी फास्ट ट्याकबाट काम हुँदा पनि रिपोर्ट आउन कम्तिमा दुई साता लाग्छ’, एक अधिकृत भन्छन्, ‘डीएफएलमा खटिने जनशक्ति थोरै र कामको चाप धेरै भएकाले समय लागेको हो, यद्यपि यसमा यथाशक्य चाँडो नतिजा दिने गरी प्रयास गरिरहेका छौं ।’

प्रहरी घटनास्थलमा पुग्दा सारुक झुण्डिएका थिए । उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्–‘युट्युबमा गीत बजिरहेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित