Khabar Samachar

Search
Close this search box.

बरामद सुन जोख्नका लागि टक्सार लगियो

220
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्‍याइएको छ।

बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको हो।

महाशाखामा सुन परीक्षण र नापतौल गरिन्छ। त्यहाँ ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि लगिएको हो। राजश्व अनुसन्धान कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलले उक्त सुन महाशाखामा पुर्‍याएको हो।

राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो।

क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शु भित्र सुन राखेर भित्र्याएको पाइएको हो। सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ।

उक्त प्रकरणमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित