Khabar Samachar

सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड बरामद

261
VIEWS

त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको एउटा गोदाममा छापा मारेको छ । हङकङबाट सुन मगाउने कम्पनी ‘रेडी ट्रेड प्राली’को दाबी गरिएको सो गोदामबाट राजस्व अनुसन्धान विभागका अधिकारीहरुले ब्रेक प्याड बरामद गरेका छन् ।

मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ परेकाहरुको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।

बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ । हुण्डि कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरी स्थित घरमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले छापा मारेका हुन् ।

व्यापारी अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको अनुसन्धानबाट थाहा भएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया सेयर कारोबारमा पनि संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित