Khabar Samachar

बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीहरुको प्रदर्शन

202
VIEWS

निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरेका छन् । सोमबार निर्माण व्यवसायीले सेफ्टी हेलमेट र ज्याकेट लगाएर प्रदर्शन गरेका हुन् ।

बिहान १० देखि ११ बजेसम्म निर्माण व्यवसायीले प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिए । निर्माणकार्यको भुक्तानी र म्याद थपलगायत नौबुँदे मागसहित केही दिनयता व्यवसायीले आन्दोलन गर्दै आएका छन् । आइतबार उनीहरूले सार्वजनिक खरिद अनुगमनको कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका माग सम्बोधन नभएसम्म प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिइने बताए । लामो समयदेखि निर्माण व्यवसायीलाई परेको समस्या सरकारले गम्भीर रूपमा नलिएकाले आफूहरू आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित