Khabar Samachar

Search
Close this search box.

पेट्रोलमा ९ र डिजेलमा ७ रुपैयाँ वृद्धि, ग्यास भने १३० रुपैयाँले घट्यो

221
VIEWS

पेट्रोल र डिजेलमा मूल्य वृद्धि भएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोले र डिजेलमा मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको छ। यस्तै ग्यासमा भने निगमले मूल्य घटाएको छ।

ग्यासमा प्रतिसिलिन्डर १३० रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ। घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ।

हाल १६४ रुपैयाँ प्रतिलिटर रहेकोमा अब १७३ रुपैयाँमा बिक्री हुनेछ। यस्तै डिजेल १४६ रुपैयाँ रहेकोमा अब ७ रुपैयाँले वृद्धि भएर १५३ रुपैयाँमा बिक्री हुनेछ।

यस्तै ग्यासको मूल्य हाल प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ रहेको छ। अब नयाँ मूल्य अनुसार १६ सय ६० रुपैयाँमा उपलब्ध हुने निगमले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित